काठमाडौं । सरकारी खर्च र रेमिट्यान्स बढेपछि बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (अधिक तरलता) थुप्रिन थालेको छ । सोही क्रममा मंगलबारसम्म करिब २ खर्ब रुपैयाँ लगानीयोग्य रकम वित्तीय प्रणालीमा जम्मा भएको छ ।
आर्थिक वर्ष हालै सकिएकाले सरकारी खर्चबापतको रकम बैंकमा आउन थालेको, अघिल्ला महिनाको तुलनामा रेमिट्यान्स बढेको, नयाँ कर्जा प्रवाह नभएकोलगायतका कारण प्रणालीमा धेरै लगानीयोग्य रकम जम्मा भएको राष्ट्र बैंकले बताएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार मंगलबारसम्म वित्तीय प्रणालीमा १ खर्ब ९३ अर्ब रुपैयाँ अधिक तरलता छ । यो रकम अनिवार्य नगद मौज्दात (सीआरआर) बाहेकको हो । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०८ साउन २०७७, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी ९ बैंकले घटाए ब्याजदर, कुनको कति ?
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?