काठमाडौं । सरकारी खर्च र रेमिट्यान्स बढेपछि बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (अधिक तरलता) थुप्रिन थालेको छ । सोही क्रममा मंगलबारसम्म करिब २ खर्ब रुपैयाँ लगानीयोग्य रकम वित्तीय प्रणालीमा जम्मा भएको छ ।
आर्थिक वर्ष हालै सकिएकाले सरकारी खर्चबापतको रकम बैंकमा आउन थालेको, अघिल्ला महिनाको तुलनामा रेमिट्यान्स बढेको, नयाँ कर्जा प्रवाह नभएकोलगायतका कारण प्रणालीमा धेरै लगानीयोग्य रकम जम्मा भएको राष्ट्र बैंकले बताएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार मंगलबारसम्म वित्तीय प्रणालीमा १ खर्ब ९३ अर्ब रुपैयाँ अधिक तरलता छ । यो रकम अनिवार्य नगद मौज्दात (सीआरआर) बाहेकको हो । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०८ साउन २०७७, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक दर्जन बैंकले बढाए खराब कर्जा, कुनकाे कति ?
बैंकहरुको निर्णय : आजदेखि मुद्दती निक्षेपको ब्याजदर झन् घट्यो
बैंकहरूको नाफा १.४ प्रतिशत मात्रै बढ्यो, कसको कति ?
बैंकहरूको नाफा ४.६ प्रतिशत घट्यो, कसले कमाए कति ?
सहकारी संस्थाले बैंकबाट ऋण लिन पाउने
बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा आन्दोलन