चितवन । चितवनका विभिन्न ठाउँमा बाढीले बगाएर डुबाएको अवस्थामा पाँच जनाको शव भेटिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुरामा दुई जनाको शव भेटिएको छ ।
भरतपुर १६ मा एक जनाको शव भेटिएको छ । भरतपुर १ ठिमुरामा भेटिएको दुबैको सनाखत हुन नसकेको चितवन प्रहरीले जनाएको छ । दुईमध्ये एक बालिका र एक अधवैंशे पुरुष हुन् । भरतपुर महानगरपालिका वडा नम्बर १६ बस्ने वर्ष ४० का सानो कान्छा भन्ने कर्णबहादुर सुनारको नारायणी नदी छेउमा शव भेटिएको हो । प्रहरीका अनुसार भेटिएका पाँच शवमध्ये सनाखत भएको उनको मात्र हो ।
भरतपुरको गैँडाचोक नदी किनारमा ५० वर्षीय एक महिलाको शव भेटिएको छ । प्रहरी प्रवक्ता सूर्य थापाका अनुसार खैरहनी नगरपालिको बुढी राप्ती खोलामा बगाएर ल्याएको अन्दाजी ५० वर्षका अर्का पुरुषको शव भेटिएको छ । उनले भने, ‘आज भेटिएका पाँच शवमध्ये चार जनाको सनाखत हुन सकेको छैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ साउन २०७७, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव
इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण
खोलामा शव फेला, दुई जना पक्राउ
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै