काठमाडौं । नेकपा स्थायी कमिटी बैठक गत असार १० गते सुरु भएर १२ र १३ गते सौहार्दपूर्ण रूपमा चल्यो । बैठकमा भारतद्वारा अतिक्रमित भूमि लिम्पियाधुरासहितको नक्सा जारी गरेको भन्दै अधिकांशले सरकारको प्रशंसा गरे । स्थायी कमिटीका सातमध्ये यो दोस्रो एजेन्डामा ६ जना सदस्य बोल्नै बाँकी थियो, मदन जयन्ती र धान दिवसका कारण बैठक स्थगित भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मदन जयन्तीका अवसरमा बालुवाटारमा भएको कार्यक्रममा भारतले आफूलाई हटाउन खोजेको र त्यसमा पार्टीभित्रकै नेताहरूको साथ रहेको संकेत गरेपछि नेकपाभित्र खैलाबैला चल्यो ।
असार १५ गते साँझ दाहाल निवास खुमलटारमा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय नेताहरूको भेला भयो । भेलाले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीको अभिव्यक्ति पद सुहाउँदो नभएकाले सरकार र पार्टी दुवैको नेतृत्वबाट राजीनामा माग्ने निष्कर्ष निकाल्यो । १६ गतेको बैठकमा अध्यक्ष दाहालले ओलीको राजीनामा एजेन्डाका रूपमा प्रवेश गराए ।
असन्तुष्ट पक्षका सबै सचिवालय सदस्यहरूले ओलीको राजीनामा मागे । १७ गतेको बैठक पनि प्रधानमन्त्री ओलीले पदबाट निकास दिनुपर्ने विषयमै केन्द्रित रह्यो, दाहाल–नेपाल पक्षका नेताहरू आक्रामक बन्दै गए, ओली पक्षधर रक्षात्मक । त्यसयता स्थायी कमिटी बैठक आठ पटकसम्म स्थगित गरेर शीर्ष नेताहरूले दर्जनौंपटक भेटघाट र छलफल गरे । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०७ साउन २०७७, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ