काठमाडौं । नेकपा स्थायी कमिटी बैठक गत असार १० गते सुरु भएर १२ र १३ गते सौहार्दपूर्ण रूपमा चल्यो । बैठकमा भारतद्वारा अतिक्रमित भूमि लिम्पियाधुरासहितको नक्सा जारी गरेको भन्दै अधिकांशले सरकारको प्रशंसा गरे । स्थायी कमिटीका सातमध्ये यो दोस्रो एजेन्डामा ६ जना सदस्य बोल्नै बाँकी थियो, मदन जयन्ती र धान दिवसका कारण बैठक स्थगित भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मदन जयन्तीका अवसरमा बालुवाटारमा भएको कार्यक्रममा भारतले आफूलाई हटाउन खोजेको र त्यसमा पार्टीभित्रकै नेताहरूको साथ रहेको संकेत गरेपछि नेकपाभित्र खैलाबैला चल्यो ।
असार १५ गते साँझ दाहाल निवास खुमलटारमा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय नेताहरूको भेला भयो । भेलाले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीको अभिव्यक्ति पद सुहाउँदो नभएकाले सरकार र पार्टी दुवैको नेतृत्वबाट राजीनामा माग्ने निष्कर्ष निकाल्यो । १६ गतेको बैठकमा अध्यक्ष दाहालले ओलीको राजीनामा एजेन्डाका रूपमा प्रवेश गराए ।
असन्तुष्ट पक्षका सबै सचिवालय सदस्यहरूले ओलीको राजीनामा मागे । १७ गतेको बैठक पनि प्रधानमन्त्री ओलीले पदबाट निकास दिनुपर्ने विषयमै केन्द्रित रह्यो, दाहाल–नेपाल पक्षका नेताहरू आक्रामक बन्दै गए, ओली पक्षधर रक्षात्मक । त्यसयता स्थायी कमिटी बैठक आठ पटकसम्म स्थगित गरेर शीर्ष नेताहरूले दर्जनौंपटक भेटघाट र छलफल गरे । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०७ साउन २०७७, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समिति बैठक स्थगित
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा