नयाँ दिल्ली । भारतीय उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीले १११ जना स्थानीय नागरिकको ज्यान लिएको छ । राज्यका अधिकारीहरुले यहाँ जनधनको ठूलो क्षति भएको बताएका छन् । आसाममा गएका केही दिनयता देखि अविरल वर्षा जारी छ । त्यसैले यहाँ अझै ठूलो क्षति हुन सक्ने त्रास रहेको पनि बताइएको छ ।
यहाँ मंगलबार बिहानसम्म मृत्यु हुनेको संख्या १११ पुगेको आसाम राज्यको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।आसाम राज्यको विपद् व्यवस्थापन विभागले दिएको जानकारीअनुसार यहाँका कम्तीमा पनि २५ लाख मानिस नराम्ररी प्रभावित भएका छन् । उनीहरु घरबास छोडेर सुरक्षित स्थलतर्फ जानुपर्ने अवस्था आएको बताइएको छ ।
उक्त विभागले दिएको जानकारीमा यहाँका ८५ जना मानिसको बाढीमा परेर ज्यान गएको छ भने अरु २६ जना पहिरोमा परी मृत्यु भएको छ । सो विभागले गएको हप्ता दिन देखि नै यहाँ अविरल रुपमा वर्षा भइरहेको छ ।
आसामका कम्तीमा पनि ३० जिल्लाका ४५ लाखभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका बताइएको छ । ती मध्ये लाखौँ व्यक्ति घरबारबिहीन पनि भएका छन् । तर बाढी निरन्तर रहेकोले यस विषयमा विस्तृत रुपमा विवरण भने आइसकेको छैन ।
ब्रह्मपुत्र र यसका सहायक नदीमा पानीको बहाब अझैपनि खतराको संकेत माथि रहेको बताइएको छ । ब्रह्मपुत्र नदीले गुहावाटीसमेत राज्यका धेरै जिल्लामा ठूलो क्षति निम्ताएको छ । राज्य सरकारले सचेत रहेर बस्न सूचना जारी गरेको छ ।
राज्यमा सयौँको संख्यामा शिविरहरु स्थापना गरेर उद्धारको काम जारी राखेको छ । ती क्षेत्रमा भएको क्षतिको विवरण पूर्ण रुपमा अझै आएको छैन । उद्धारको काम जारी रहेको आसामका उद्धारकर्मीहरुले जनाएका छन् ।
यहाँका सबैभन्दा बढी प्रभावित जिल्लाहरुमा धेमाजी, लखिमपुर, विश्वनाथ, दराङ, बाक्सा, नालबारी, बारपेटा, चिराङ, बोन्गाइगाउँ, कोक्राझार, ढुब्री, गोलपारा, कामरुप, मोरीगाउँ लगायतका रहेका छन् । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०६ साउन २०७७, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा
टी-२० विश्वकप: भारत-पाकिस्तान महाभिडन्तमा वर्षा बाधक हुने, कोलम्बो पुग्यो भारतीय टोली
टी–२० विश्वकपमा भारतको लगातार दोस्रो जित : नामिबिया ९३ रनले पराजित
भारतको क्रिकेट : ‘ए प्लस’बाट रोहित र विराटको किन भयो ग्रेड ‘बी’मा घटुवा ?