काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहालसँगको पछिल्लो छलफलमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबारे दुई तिखो टिप्पणी गरे।
पहिलो : तपाईं मेरो टिममा बस्ने कि माधव नेपालको टिममा, फैसला गर्नुहोस्।
दोस्रो : तपाईं र म मिलौं। भैंसी तान्दा जुम्राहरू आफैं तानिएर आउँछन्।
वरिष्ठ नेता नेपालप्रति ओलीको आवेगात्मक असन्तुष्टि थियो यो। त्यसले नेकपामा ओलीको सम्बन्ध दाहालभन्दा नेपालसँग बढी तिक्ततापूर्ण देखाउँछ। ओली-नेपाल कटुता तत्कालीन एमालेको नवौं महाधिवेशनपछि उत्कर्षमा पुगेको हो। ओली र नेपाल २०७१ को नवौं महाधिवेशनमा छुट्टाछुट्टै प्यानल बनाएर भिडे। वामदेव गौतम खुलेरै ओलीका पक्षमा लागे। झलनाथ खनालले भने भित्रभित्रै नेपाललाई साथ दिए। महाधिवेशनको नतिजा ओलीले ४९ मतान्तरले आफ्नो पोल्टामा पारे। त्यसयता ओली-नेपाल सम्बन्ध सुमधुर बन्न सकेको छैन। त्यसअघि पनि यी दुई नेताबीच खटपट नभएको होइन। ६ वर्षयता भने यी दुई नेताको सम्बन्ध कहिले निकै पेचिलो अवस्थामा रह्यो त कहिले पानीको फोकामा परिणत हुँदै आयो। प्रधानमन्त्री ओलीले नेपालसँगको सम्बन्धलाई ‘पुरेत र जजमानको सम्बन्ध’का रूपमा अथ्र्याउने गरेका छन्।
‘पुरेत र जजमानको सम्बन्ध भनेको जजमानले जहिले पनि पुरेतलाई मानसम्मान, दानदक्षिणा दिन्छ। पुरेतले भने जजमानलाई कहिल्यै केही दिँदैन’, ओलीले भन्ने गरेका छन्, ‘मेरो र माधव नेपालको सम्बन्ध पुरेत र जजमानको जस्तो भयो। म जजमानजस्तो भएँ, उहाँचाहिँ पुरेतजस्तो हुनुभयो। मलाई उहाँले दिनुपर्छ भन्ने ठान्दिनँ। जुन दिन मान, सम्मान, सेवा नपुगेजस्तो हुन्छ त्यो दिन उहाँ आग्रह, रिसमा आइहाल्नुहुन्छ।’ ओली आफू पार्टी नेतृत्वमा आएदेखि नेपालले कहिल्यै साथ नदिएको महसुस गर्छन्। ओलीले संयमित भएर विधि र पद्धतिमा रही पार्टी चलाउनेभन्दा आफ्नो समूहको हित मात्र हेर्ने गरी काम गरेको भन्ने नेपाललाई लाग्छ। यही अविश्वास र असमझदारी बढ्दै जाँदा ओली-नेपाल सम्बन्ध दिनदिनै टाढिँदो छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०६ साउन २०७७, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकताको सम्भावना छैन: ओली
एमालेको नीति सही छ, एकताको लागि कुनै छलफल गर्दैन : ओली
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली