सरकार र यातायात व्यवसायीबीच सहमति, बिहीबारदेखि बस चल्ने

सफल खबर संवाददाता

सोमबार, ०५ साउन २०७७, १८ : ३७
सरकार र यातायात व्यवसायीबीच सहमति, बिहीबारदेखि बस चल्ने

काठमाडौं । बिहीबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालनमा आउने भएका छन् । 

यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघबीच भएको वार्ता सहमतिमा पुगेको हो । वार्तामा सहमति भएपछि व्यवसायी सवारी चलाउन तयार भएका हुन् ।

सहमति अनुसार यातायात मजदुरहरुको कोरोना बीमा गर्ने र त्यसका लागि ५० प्रतिशत प्रिमियम सरकारले ब्यहोर्ने तथा ५० प्रतिशत व्यवसायीले ब्यहोर्ने गरी विभागले सहजीकरण गर्ने छ । त्यस्तै कोरोनाका कारण यातायात मजदुरको मृत्यु भएमा उसलाई क्षतिपूर्ति प्रदान गर्नका लागि कोष खडा गर्नेगरी मन्त्रालयसमक्ष विभागले सिफारिस गर्ने सहमति भएको छ ।

त्यस्तै यातायात श्रमिकहरूका लागि आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीहरू ९मास्क, स्यानिटाईजर, पन्जा, पिपिई० सम्बन्धित व्यवसायीले नै गराउनु पर्नेछ ।

सञ्चालन हुने सार्वजनिक सवारीसाधन जोर गतेका दिन जोर नम्वर र बिजोर गतेका दिन बिजोर नम्वरका मात्रै संचालन हुने छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बैंकको किस्ता, ब्याज, संचालनका लागि आवश्यक कर्जाका विषय यसअघि नै मौद्रिक नीतिमा आइसकेको र बीमा लगायत अन्य मागमा विभागले सम्वोधन गर्न सहजीकरण गर्ने भएपछि सहमति बनेको बताए ।

प्रतिक्रिया दिनुहोस