काठमाडौं । तत्कालिन माअोवादी केन्द्र निकट स्थायी कमिटी सदस्यहरुको छलफल खुमलटारमा सकिएको छ ।
नेकपाका अध्यक्ष प्रचण्डले आफ्ना निकट स्थायी कमिटीका सदस्यहरुसँग विहानैदेखि छलफल गरेका थिए । उनले छलफलमा आफ्नो कुरा राख्दै प्रधानमन्त्री समेत रहेका नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग हालसम्म कुनै सहमति नभएको जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीको तर्फबाट विभिन्न फन्डाहरु प्रयोग भइरहेको र पछिल्लो पटक आएको महाधिवेशन पनि त्यसैको कडी रहेको कुरा प्रचण्डले राखेको बैठकमा सहभागी एक नेताले बताए ।
उनले प्रधानमन्त्री अोलीसँग कुनै सहमति भएको छैन, उनीहरुको तर्फबाट अफाह फैलाइएको मात्र हो भन्दै प्रधानमन्त्री ओलीले आफ्नो अडानबाट टसमस नभएको कुरा पनि बैठकमा राखेका थिए । पार्टी एकतालाई जोगाउने आफ्नो तर्फबाट भरपुर प्रयास भइरहेको तर उताबाट सहमतिका लागि वतावरण विगारी रहेको प्रचण्डको व्रिफिङ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ साउन २०७७, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संविधान र संघीय व्यवस्थाविरुद्ध उन्मुख छ: प्रचण्ड
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड