काठमाडौं । तत्कालिन माअोवादी केन्द्र निकट स्थायी कमिटी सदस्यहरुको छलफल खुमलटारमा सकिएको छ ।
नेकपाका अध्यक्ष प्रचण्डले आफ्ना निकट स्थायी कमिटीका सदस्यहरुसँग विहानैदेखि छलफल गरेका थिए । उनले छलफलमा आफ्नो कुरा राख्दै प्रधानमन्त्री समेत रहेका नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग हालसम्म कुनै सहमति नभएको जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीको तर्फबाट विभिन्न फन्डाहरु प्रयोग भइरहेको र पछिल्लो पटक आएको महाधिवेशन पनि त्यसैको कडी रहेको कुरा प्रचण्डले राखेको बैठकमा सहभागी एक नेताले बताए ।
उनले प्रधानमन्त्री अोलीसँग कुनै सहमति भएको छैन, उनीहरुको तर्फबाट अफाह फैलाइएको मात्र हो भन्दै प्रधानमन्त्री ओलीले आफ्नो अडानबाट टसमस नभएको कुरा पनि बैठकमा राखेका थिए । पार्टी एकतालाई जोगाउने आफ्नो तर्फबाट भरपुर प्रयास भइरहेको तर उताबाट सहमतिका लागि वतावरण विगारी रहेको प्रचण्डको व्रिफिङ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ साउन २०७७, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्ड र खनालबीच भेटवार्ता
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
‘हाम्रो पार्टी देशकै एक नम्बर बन्न कसैले रोक्न सक्दैन’: प्रचण्ड
ओली र प्रचण्डसँग बार्गेनिङ गदैं झलनाथ
बृहत् वाम एकताबाट समाजवादी क्रान्तिको वातावरण बन्दै छ: प्रचण्ड
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड