काठमाडौँ । नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको ‘समर अफर’ उपलब्ध गराउने भएको छ। कम्पनीले यसअघि नै स्प्रिङ अफरअन्तर्गतका प्याकेजहरूलाई परिमार्जन गरेर ‘समर अफर’ ल्याएको हो।
टेलिकमले ल्याएको अफर आगामी तीन महिनासम्म उपलब्ध हुनेछ। उक्त प्याकेज नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात १ साउनदेखि नै लागू भएको छ । कम्पनीले पहिलेदेखि नै उपलब्ध केही प्याक यथावत् राख्दै केही प्याकलाई भने परिमार्जन गरेको हो।
कम्पनीले ल्याएको प्याकेज प्राप्त गर्नका लागि ग्राहकले स्टार १४१५ ह्याज (*1415#) डायल गर्नुपर्ने छ।यस्तै, कम्पनीको एप ‘नेपाल टेलिकम’बाट पनि प्याकेजसम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ।
ग्राहकले पहिलोपटक एप प्रयोग गर्दा १०० एमबी डाटा निःशुल्क उपलब्ध हुने कम्पनीले बताएको छ। साथै, पहिलेदेखि सञ्चालनमा रहेका स्प्रिङ अफरका प्याकेजहरू यथावत रहनेछन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ साउन २०७७, १७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमको सेवामा सुधार: डाटा सकिँदा स्वतः पैसा नकाटिने
टेलिकमको ‘ग्रुप एसएमएस’ एकै पटक १० हजारसम्मलाई पठाउन सकिने
नेपाल टेलिकमको खुद मुनाफामा करिब १३ प्रतिशतको गिरावट
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डंगोल नियुक्त
नेपाल टेलिकमद्वारा ३० प्रतिशत लाभांशको घोषणा
नेपाल टेलिकमको आय र मुनाफा दुवै घट्यो