आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शनिबार, ०३ साउन २०७७, ०९ : २७
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले  मनसूनी न्युन चापीय रेखा नेपालको तराई भू–भागबाट केही दक्षिण तिर रहेकोले अहिले देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

मनसुनी वायु को प्रभावका कारण बदली भई अहिले देशभर मौसम बदली भई धेरै स्थानमा वर्षा भएको हो । शनिबार देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन् ।
 

प्रतिक्रिया दिनुहोस