तीन महिनाको विपद्ः कुल १५५ को मृत्यु, ५२ बेपत्ता

पत्रपत्रिकाबाट

शनिबार, ०३ साउन २०७७, ०८ : ५७
तीन महिनाको विपद्ः कुल १५५ को मृत्यु, ५२ बेपत्ता

प्रतिकात्मक फोटो

काठमाडौँ । मुलुकभर गत वैशाखयता विपद्जन्य घटनाबाट धेरै मानिसले अकालमा ज्यान गुमाउन पुगेका छन् । मुख्य गरी पहिराका कारण अकल्पनीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो तीन महिनामा विपद्जन्य घटनामा परेर १५५ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म ५३ जना बेपत्ता रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो । विपद्मा परेर कूल २४९ घाइते छन् । उहाँका अनुसार अहिले पनि उद्धार, राहत वितरण तथा बेपत्ताको खोजी र पुनस्थापनको काम जारी छ ।

मुख्यगरी चट्याङ, बाढी र पहिरामा यसरी मानवीय क्षति भएको हो । धेरै मानवीय क्षति पहिराले पुर्याएको छ । प्राधिकरणबाट प्राप्त विवरणानुसार पहिरामा परेर कूल १०२ जनाको ज्यान गएको तथा ४६ जना हराइरहेका छन् । कूल ८५ जना घाइते छन् । यस्तै बाढीमा परेर छ जनाले ज्यान गुमाएको, छ बेपत्ता भएको र तीन घाइते तथा चट्याङबाट ४७ जनाको मृत्यु तथा १६१ जना घाइते भएको पोखरेलले जानकारी दिनुभयो ।

सबैभन्दा बढी पहिरो गत जेठ ३१ पछि खसेको छ । सोही दिनदेखि मनसुन सक्रिय भएको थियो । मनसुन शुरु भएपछि साउन १ सम्म करीब एक महिनाका अवधिमा मात्रै कूल १२० जनाको मृत्यु, ५१ जना बेपत्ता तथा १२८ जना घाइते भएको तथ्याङ्क छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस