अबदेखि जुनसुकै बैंकको एटीएम प्रयोग गर्दा पैसा नलाग्ने

सफल खबर संवाददाता

शुक्रबार, ०२ साउन २०७७, १८ : १२
अबदेखि जुनसुकै बैंकको एटीएम प्रयोग गर्दा पैसा नलाग्ने

काठमाडौं । अबदेखि अन्तर बैंकिङ कारोबारमा अतिरिक्त शुल्क नलाग्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत चालू आर्थिक वर्ष देखि जुनकुनै अन्तर बैंकिङ् कारोबारमा अतिरिक्त शुल्क नलाग्ने गरी व्यवस्था गरेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति आज सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाका एटीएमको कारोबारबीच अन्तरआवद्धता हुने व्यवस्था गरिने बताए । “कोभिड–१९ को असर रहेसम्मको लागि एक संस्थाको एटीएम कार्ड अर्को संस्थाको एटीएममा प्रयोग गरेमा शुल्क नलाग्ने व्यवस्था मिलाइने छ”, मौद्रिक नीतिमा उल्लेख छ । 

कोभिड–१९सँगै मुलुक गत चैत्र ११ गते देखि लकडाउनमा गएसँगै बैंकहरुले स्वत अन्तर बैंकिङ् कारोबारमा अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गरेको थियो ।  तर गत बुधबारको बैंकर्स संघको बैंठकले अतिरिक्त शुल्क लिने नलिने निर्णय स्वयम बैंकहरुकै जिम्मा दिएसँगै शुल्क लाग्न सक्ने आंकलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस