मौद्रिक नीति : बैंकहरु मर्जरमा गए अनिवार्य नगद अनुपातमा ०.५ प्रतिशत छुट

सफल खबर संवाददाता

शुक्रबार, ०२ साउन २०७७, १६ : २२
मौद्रिक नीति : बैंकहरु मर्जरमा गए अनिवार्य नगद अनुपातमा ०.५ प्रतिशत छुट

काठमाडौं । राष्ट्र बैंकको मौद्रिक नीतिले ठूला बैंकहरुको मर्जरलाई प्रोत्साहन गरेको छ । वर्ष २०७७\७८ को मौद्रिक नीतिले ठूला बैंकहरुको मर्जरलाई प्रोत्साहन गरेको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले बिग मर्जरलाई प्रोत्साहन गर्ने नीति लिएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार  मर्जरमा जानेलाई सुविधा दिइनेछ।

मर्जरमा गए अनिवार्य नगद अनुपातमा ०.५ प्रतिशत छुट छ । वैधानिक तरलता अनुपातमा १ प्रतिशले छुट दिने साथै सञ्चालक समितिका सदस्यका कुलिङ पिरियड लागू नहुनेलगायतका सुविधा मर्जरमा रहेको मौद्रिक नीतिमा उल्लेख छ । 

बैंकहरुलाई एक आपसमा गाभिन लगाएर बलियो बनाउने मौद्रिक नीतिको लक्ष्य रहेको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस