मौद्रिक नीति : कृषिको विकासमा १५ प्रतिशत कर्जा अनिवार्य

सफल खबर संवाददाता

शुक्रबार, ०२ साउन २०७७, १६ : ०५
मौद्रिक नीति : कृषिको विकासमा १५ प्रतिशत कर्जा अनिवार्य

काठमाडौँ । वाणिज्य बैङ्कहरुले कृषिको विकासमा कुल लगानीको १५ प्रतिशत कर्जा प्रवाह अनिवार्य गर्नुपर्ने अवस्था आएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले यो व्यवस्था गरेको छ । कृषि विकासका लागि कृषि विकास बैङ्कलाई अगुवा बैंकको रुपमा समेत मौद्रिक नीतिले लिएको छ । 

वाणिज्य बैंकहरुले २०८० सम्म १५ प्रतिशत कर्जा कृषिमा लगाउनु पर्नेछ । यसअघि बैङ्कहरुले कृषिमा १० प्रतिशत कर्जा प्रवाह गर्दै आएका थिए । 
 

प्रतिक्रिया दिनुहोस