रौतहट । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका एकजना कार्यकर्तालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर–८ बेतौनाका ३५ वर्षीय वीरेन्द्र पाश्वान रहेका छन् ।
रौतहट प्रहरीका डिएसपी हेमबहादुर शाहीका अनुसार गतराति १० बजेर ३० मिनेटमा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट गएको टोलीले पाश्वानलाई उनको घरैबाट पक्राउ गरिएको हो ।
विगतमा चलेको अपराधिक कसुरमा वारदात पश्चात् फरार रहेकाको खोजी गरिने प्रक्रिया अनुसार पाश्वान पक्राउ भै ईलाका प्रहरी कार्यालय चन्द्रपुरको नियन्त्रणमा रहेको र थप नुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ साउन २०७७, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह
प्रचण्डलाई चुनावमा घेराबन्दी गर्ने विप्लव-जनार्दनको योजना
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर