कोरोना संक्रमित बिरामीको धरानमा मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०२ साउन २०७७, १० : ०५
कोरोना संक्रमित बिरामीको धरानमा मृत्यु

फाइल तस्विर

विराटनगर । कोरोना संक्रमित एक बिरामीको  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
गत असार ३१ गते सप्तरीको राजविराजबाट प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका ७३ वर्षिय बृद्धको बिहीबार राति  १० बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृतकलाई उच्च रक्तचाप, मधुमेह, मुटुको रोग रहेको थियो । बिरामीको परिक्षणको क्रममा हिजो बेलुका नै कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।  संक्रमित देखिएपछि उनलाई अस्पतालले आइसोलेसनमा भर्ना गरेको थियो । 

हाल उनको शव अस्पतालमा रखिएको छ ।  सरकारले बनाएको निर्देशिका अनुसार  शवको व्यवस्थापन गर्नुपर्ने भएकाले त्यसको तयारी भइरहेको अस्पतालले जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस