काठमाडौँ । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनबाट धुम्बाराहीस्थित ह्याम्स अस्पताल गएका नेपाल वायुसेवा निगमका पाइलटसहित चालक दलका १४ संक्रमित सोल्टी होटलमा सरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिकाविपरीत उनीहरूलाई एक ठाउँको आइसोलेसनबाट अर्को ठाउँमा सर्न अनुमति दिएको हो ।
सोल्टी होटलकै क्वारेन्टाइनमा रहेका बेला असार २२ गते उनीहरूमा संक्रमण पुष्टि भएको थियो । सोल्टीकै आइसोलेसनमा पहिलो रात राखेर भोलिपल्ट सशस्त्रको अस्पतालमा सारिएको थियो । त्यहाँको सेवा–सुविधा चित्त नबुझाएका उनीहरूलाई मन्त्रालयले असार २४ गते ह्याम्स अस्पतालमा सर्न अनुमति दियो । ह्याम्समा महँगो भएको गुनासो गरेपछि आइतबार पुनः सोल्टीमै सर्न अनुमति दिइएको हो ।
उनीहरूलाई के आधारमा सोल्टी होटलमा सार्न मन्त्रालयले अनुमति दियो भन्नेबारे खुलाइएको छैन । निगमको विमान उडाएका कारण क्वारेन्टाइनमा बस्नुपर्ने चालकसहितका कर्मचारीलाई भने सोल्टी होटलकै क्वारेन्टाइनमा राख्ने व्यवस्था छ ।
निगमकी प्रवक्ता अर्चना खड्काले अस्पतालको बसाइ महँगो भएकाले स्वास्थ्य मन्त्रालयकै स्वीकृतिमा होटलको आइसोलसनमा कर्मचारीलाई सारिएको बताइन् । ‘त्यही होटलमै कर्मचारी क्वारेन्टाइनमा बसेका थिए । मेडिकल टिम पनि राखेका छौँ । ३ जना निको भएर पनि गइसके । अरूको स्वाबको रिपोर्ट कुरिरहेका छौँ ।’ कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०२ साउन २०७७, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि आजदेखि नेपाल एयरलाइन्सको विशेष उडान
नेपाल एयरलाइन्सले सुरु गर्यो सुर्खेत सिमकोट उडान
नेपाल एयरलाइन्सद्वारा दमाम र दोहा उडान स्थगित
नेपाल एयरलाइन्सको महाप्रबन्धक पदमा १६ जनाको आवेदन
नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा
नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै