काठमाडौँ । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनबाट धुम्बाराहीस्थित ह्याम्स अस्पताल गएका नेपाल वायुसेवा निगमका पाइलटसहित चालक दलका १४ संक्रमित सोल्टी होटलमा सरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिकाविपरीत उनीहरूलाई एक ठाउँको आइसोलेसनबाट अर्को ठाउँमा सर्न अनुमति दिएको हो ।
सोल्टी होटलकै क्वारेन्टाइनमा रहेका बेला असार २२ गते उनीहरूमा संक्रमण पुष्टि भएको थियो । सोल्टीकै आइसोलेसनमा पहिलो रात राखेर भोलिपल्ट सशस्त्रको अस्पतालमा सारिएको थियो । त्यहाँको सेवा–सुविधा चित्त नबुझाएका उनीहरूलाई मन्त्रालयले असार २४ गते ह्याम्स अस्पतालमा सर्न अनुमति दियो । ह्याम्समा महँगो भएको गुनासो गरेपछि आइतबार पुनः सोल्टीमै सर्न अनुमति दिइएको हो ।
उनीहरूलाई के आधारमा सोल्टी होटलमा सार्न मन्त्रालयले अनुमति दियो भन्नेबारे खुलाइएको छैन । निगमको विमान उडाएका कारण क्वारेन्टाइनमा बस्नुपर्ने चालकसहितका कर्मचारीलाई भने सोल्टी होटलकै क्वारेन्टाइनमा राख्ने व्यवस्था छ ।
निगमकी प्रवक्ता अर्चना खड्काले अस्पतालको बसाइ महँगो भएकाले स्वास्थ्य मन्त्रालयकै स्वीकृतिमा होटलको आइसोलसनमा कर्मचारीलाई सारिएको बताइन् । ‘त्यही होटलमै कर्मचारी क्वारेन्टाइनमा बसेका थिए । मेडिकल टिम पनि राखेका छौँ । ३ जना निको भएर पनि गइसके । अरूको स्वाबको रिपोर्ट कुरिरहेका छौँ ।’ कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०२ साउन २०७७, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल एयरलाइन्सको महाप्रबन्धक पदमा १६ जनाको आवेदन
नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा
नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै
६७ वर्षे यात्रामा छटपटाइरहेको नेपाल एयरलाइन्स
हिजो रद्द भएको नेपाल एयरलाइन्सको दोहा उडान आज मध्यान्ह सञ्चालन हुने