काठमाडौं । संयुक्त राज्य अमेरिकाको संघीय बजेट घाटा जुनमा अत्यधिक उच्च विन्दूमा पुगेको अमेरिकी अर्थमन्त्रालयले जनाएको छ ।
कोभिड–१९ को सङ्क्रमणका कारण निकै प्रभावित विश्व शक्तिराष्ट्र अमेरिकामा जुनमा बजेट घाटा आठ अर्ब ६४ करोड अमेरिकी डलर पुगेको मन्त्रालयद्वारा सोमबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । यससँगै सन् २०२० को पहिलो छ महिनामा अमेरिकामा व्यापार घाटा अहिलेसम्मकै उच्च २७ खर्ब रहेको तथ्याङ्कमा उल्लेख छ ।
जुनमा अमेरिकी सञ्चितीमा पनि पाँच अर्ब अमेरिकी डलरले कमी आएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कुनै तथ्याङ्कलाई उद्धृत नगरीकनै जुनका लागि लिएको लक्ष्य पूरा गर्न संघीय प्रशासन असफल भएको तथ्याङ्कले देखाएको छ ।
सन् २०२० को पहिलो त्रैमासिकमा अमेरिकी अर्थतन्त्रमा पाँच प्रतिशतले सङ्कुचन आएको र यो सङ्कुचन सन् २००८÷०९ देखिएको विश्वव्यापी वित्तीय सङ्कटपछि पहिलो पटक उच्च देखिएको हो ।
कोभिड–१९ को महामारीका कारण अमेरिकी ५० राज्यमध्ये अधिकांश राज्यमा लकडाउन वा कोरोना नियन्त्रणका लागि भएका प्रयासका कारण व्यवसायिक गतिविधि प्रभावित भएको कारण अर्थतन्त्रमा सङ्कुचन आएको अमेरिकी अर्थमन्त्रालयको दावी रहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ३० असार २०७७, २१ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा