अब प्रधानमन्त्री ओलीलाई छाडा छोड्नु खतरनाक हुनेछ, उपचार खोजौं : भट्टराई

सफल खबर संवाददाता

मंगलबार, ३० असार २०७७, १२ : ०८
अब प्रधानमन्त्री ओलीलाई छाडा छोड्नु खतरनाक हुनेछ, उपचार खोजौं : भट्टराई

फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छाडा छोड्नु अब खतरनाक हुने बताउँदै उपचार खोज्न आह्वान गरेका छन् । डा. भट्टराईले मंगलबार बिहान ट्वीट गर्दै प्रधानमन्त्री ओलीले सोमबार भानु जयन्तीको अवसरमा दिएको अभिव्यक्तिप्रति यस्तो प्रतिक्रिया जनाएका हुन् । 

प्रधानमन्त्री ओलीले भानु जयन्तीका अवसरमा सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हिन्दू धर्मग्रन्थ रामायणमा वर्णित अयोध्या देश नेपालमा रहेको दाबी गर्दै राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्ति दिएका थिए ।

डा. भट्टराईले प्रधानमन्त्री ओलीको वचन र कर्मले सीमा नाघेको भन्दै अति गरे खति हुने समेत बताएका छन् । ट्वीटरमा डा. भट्टराईले लेखेका छन्, ‘संसदमा ‘सिंहमेव जयते’ र बेसार–पुराणदेखि अयोध्या–पुराणसम्म आउँदा उहाँको चिन्तनप्रणाली स्वस्थ्य देखिन्न ।’

डा. भट्टराईले संसद स्थगत गरेर अध्यादेश र संकटकालको खड्ग समेत ओलीले आफ्नो हातमा लिएको भन्दै त्यसको विरोध जनाएका छन् । उनले अब ओलीलाई छाडा छोड्न नहुने भन्दै उपचार खोज्नुपर्ने समेत बताएका छन् । 

प्रतिक्रिया दिनुहोस