कोभिड-१९ पार्टीमा सर्यो कोरोना, संक्रमणपछि मृत्यु

एजेन्सी

सोमबार, २९ असार २०७७, १५ : ०२
कोभिड-१९ पार्टीमा सर्यो कोरोना, संक्रमणपछि मृत्यु

सांकेतिक तस्विर

एजेन्सी । मानिसहरुका सोख पनि अचम्म अचम्मका हुन्छन् । अमेरिकाको टेक्सस राज्यमा एक जना कोरोना संक्रमितले कोभिड-१९ पार्टीको आयोजना गरे । त्यस पार्टीमा सहभागी हुँदा कोरोना संक्रमित बनेका एक जना युवाको मृत्यु नै भएको छ ।

अमेरिकाको टेक्सस राज्यका एक चिकित्सकका अनुसार कोरोनाभाइरसलाई मिथ्या ठान्ने ३० वर्षजति उमेरका एक व्यक्तिको अर्का सङ्क्रमित व्यक्तिले आयोजना गरेको कोभिड १९ पार्टीमा सहभागी भएपछि मृत्यु भएको  हो ।

ती व्यक्तिले बताएअनुसार त्यस जमघटमा को पहिले सङ्क्रमित हुने र को त्यसबाट जोगिन सक्ने भन्ने प्रतिस्पर्धा चलेको थियो। ती बिरामीले ज्यान गुमाउनुभन्दा केही बेरअघि सघन उपचार कक्षकी नर्सलाई आफूले त्यस्तो पार्टीमा सहभागी भएर गल्ती गरेको बताएका थिए।

कोरोनाभाइरस महामारीले विश्वभरि त्रास सिर्जना गरिरहेको भए पनि विभिन्न देशमा यसलाई मिथ्या ठान्ने र हलुका रूपमा लिने प्रवृत्ति विद्यमान छ ।

अमेरिकामा विश्वकै सबभन्दा धेरै सङ्क्रमित भेटिएका छन्। त्यहाँ ३० लाखभन्दा धेरै मानिसलाई कोरोनाभाइरस सङ्क्रमण भइसकेको छ । सवा लाखभन्दा धेरै मानिसले ज्यान गुमाइसके ।

प्रतिक्रिया दिनुहोस