चितवन । नारायणी नदीमा पानीको सतह सोमबार सतर्कताको बिन्दुभन्दा माथि पुगेको छ । केही दिनदेखि देशका विभिन्न भागमा भइरहेको अविरल वर्षाको कारण नारायणी नदीमा पानीको बहाव बढेको हो ।
सोमबार मापन भए अनुसार नारायणी नदीमा पानीको सतह ११ दशमलव ४३ मिटर पुगेको छ । नारायणीमा ११ मिटरलाई सतर्कताको बिन्दु मानिएको छ ।
नारायणी नदी सुरु हुने ठाउँ देवघाटमा पनि पानीको सतह सतर्कताको बिन्दुभन्दा माथि पुगेको छ । देवघाटमा पानीको सात दशमलव आठ मिटर पुगेको छ । यहाँ सात दशमलव तीन मिटरलाई सतर्कताको बिन्दु मानिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ असार २०७७, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणी नदीमा बुद्धको मूर्ति र चौताराको पुनः निर्माण
नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण