चितवन । नारायणी नदीमा पानीको सतह सोमबार सतर्कताको बिन्दुभन्दा माथि पुगेको छ । केही दिनदेखि देशका विभिन्न भागमा भइरहेको अविरल वर्षाको कारण नारायणी नदीमा पानीको बहाव बढेको हो ।
सोमबार मापन भए अनुसार नारायणी नदीमा पानीको सतह ११ दशमलव ४३ मिटर पुगेको छ । नारायणीमा ११ मिटरलाई सतर्कताको बिन्दु मानिएको छ ।
नारायणी नदी सुरु हुने ठाउँ देवघाटमा पनि पानीको सतह सतर्कताको बिन्दुभन्दा माथि पुगेको छ । देवघाटमा पानीको सात दशमलव आठ मिटर पुगेको छ । यहाँ सात दशमलव तीन मिटरलाई सतर्कताको बिन्दु मानिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ असार २०७७, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणी नदीमा बग्दै आएका पुरुषको जीवितै उद्धार
नारायणी नदीले खतराको तह पार गर्यो : डण्डा र दुम्कौलीमा सतर्कता अपनाउन आग्रह
नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार
नारायणी नदीबाट सशस्त्र प्रहरीले निकाल्यो २ शव
नारायणी नदीमा हामफालेका व्यक्तिको सकुशल उद्धार
छठका लागि सजाइयो नारायणी किनार