काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा पानी पर्ने जनाएको छ । मनसुनी गतिविधि लगातार सक्रिय हुँदा केही दिनदेखि देशभर बदली तथा लगातार जस्तो वर्षा भइरहेको छ ।
अहिले नेपालमा मनसुनी वायु सक्रिय हुनुका साथै मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदली तथा वर्षा भएको मौसमविदले उल्लेख गरेका छन् । अहिले देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २ तथा बागमती, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको भइरहेको छ ।
सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ तथा प्रदेश २ का थोरै स्थान र बागमती प्रदेश तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने मौसमविदले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ असार २०७७, ०९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : कहाँ-कहाँ छ धेरै वर्षाको सम्भावना ?
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना