आयल निगमको नाफा १० अर्ब ८६ करोड

पत्रपत्रिकाबाट

सोमबार, २९ असार २०७७, ०८ : ४४
आयल निगमको नाफा १० अर्ब ८६ करोड

काठमाडौं । नेपाल आयल निगमले चालु आर्थिक वर्ष १० अर्ब ८६ करोड रुपैयाँ खुद नाफा गरेको छ। यो नाफा गत वर्षको तुलनामा दुई अर्बभन्दा धेरै हो। गत वर्ष ८ अर्ब ७५ करोड मात्रै नाफा गरेको थियो।

आव २०७२र७३ मा १९ अर्ब ३६ करोड नाफा गरेको निगमको त्यसपछि तीन आर्थिक वर्षमा नाफा घटेको छ। आव २०७३र७४ मा ९ अर्ब ४५ करोड, आव २०७४र७५ मा तीन अर्ब ५८ करोड र आव २०७५र७६ मा ८ अर्ब ७५ करोड नाफा गरेको थियो।

निगमले पछिल्लो ५ वर्षमा २ खर्ब ५७ अर्ब ७६ करोड रुपैयाँ राजस्व तिरेको छ। निगमले आइतबार पत्रकार सम्मेलन गरी २०७६र७७ मा ६५ अर्ब रुपैयाँ, आव २०७५र७६ मा ६५ अर्ब ९३ करोड, आव २०७४र७५ मा ५५ अर्ब १ करोड, आव २०७३र७४मा ४७ अर्ब ७ करोड र आव २०७२र७३ मा २३ अर्ब ५४ करोड राजस्व बुझाएको जानकारी दिएको छ। निगमले भन्सार शुल्क, सडक मर्मत शुल्क, वातावरण खर्च, मूल्य अभिवृद्धि कर, पूर्वाधार विकास कर, आयकर र राजस्व शीर्षकमा सरकारले कर तिर्दै आएको छ।

निगमले चालु वर्षमा २ खर्ब ४० अर्ब रुपैयाँको कारोबार गरेको छ। चालु आर्थिक वर्ष अन्य शीर्षकको तुलनामा मूल्य अभिवृद्धि कर बढी बुझाएको छ। २५ अर्ब ५२ करोड मूल्य अभिवृद्धि कर तिर्दा गत वर्ष निगमले २९ अर्ब ३१ करोड राजस्व बुझाएको थियो। निगमले यस वर्ष कोरोना भाइरस ९कोभिड १९० का कारण व्यवसायमा कमी आएको जनाएको छ।

निगमले यस वर्ष भन्सार शुल्क १५ अर्ब १३ करोड बुझाएको छ। निगमले पूर्वाधार विकास शीर्षकमा १३ अर्ब ५२ करोड रुपैयाँ कर बुझाएको छ। यो शीर्षकमा निगमले प्रतिलिटर उठाइरहेको ५ रुपैयाँलाई बढाएर १० रुपैयाँ बनाएको छ। यसैगरी सडक मर्मत शीर्षकमा ५ अर्ब २ करोड राजस्व बुझाएको छ। वातावरण शीर्षकमा ३ अर्ब १ करोड राजस्व बुझाएको छ। यो वर्ष आयकर ३ अर्ब ८५ करोड बुझाएको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस