काठमाडौं । कोभिड–१९ का कारण विदेशमा रहेका नेपाली नागरिको उद्धारको समय सीमा सरकारले थप गरेको छ ।
सरकारले तोकेको समयमा नेपाल आउने नागरिकलाई स्वादेश फिर्ता गराउनेकाम पुरा नभएका र नेपाल आउन चाहने नागरिकले सूची दर्ता गरेकाले गर्दा उद्धार उडानको समय सूची थप गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरगाईंले बताए ।
उनले भने, “सरकारले तेस्रो पटक समय थप गरेको छ, थपिएको समय असार ३१ देखि साउन ६ गते सम्म हो ।” परराष्ट्र र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा उडान तालिका थप गरिएको र थपिएको उडान प्रायः खाडी राष्ट्रमा केन्द्रित रहेको सचिव गुरागाईंको भनाइ छ ।
दैनिक ६ उडान गर्ने योजनाअनुसार ४२ उडान गर्ने योजना रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछानेले बताए । कारोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २९ असार २०७७, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेनाद्वारा फेवातालमा हावाहुरीले फसेका १९ विदेशीसहित ३३ जना पर्यटकको सकुशल उद्धार
भारतको कुशीनगरमा बन्धक बनाइएका ४ सय ५३ नेपालीको उद्धार
रोशी खोलमा फसेका पाँच वटा माइक्रो र ८९ यात्रुको मध्यरातमा सकुशल उद्धार
कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार
काठमाडौका स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
भोजपुरबाट सुत्केरी र शिशुको उद्धार