मेरो प्रेम सम्बन्धका बारे आएको टिकाटिप्पणी र समाचारमा कुनै सत्यता छैन : पूर्णिका शाह

सफल खबर संवाददाता

आइतबार, २८ असार २०७७, ०८ : ४०
मेरो प्रेम सम्बन्धका बारे आएको टिकाटिप्पणी र समाचारमा कुनै सत्यता छैन : पूर्णिका शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका जेठी नातिनी तथा पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी छोरी पूर्णिका शाहले आफ्नो प्रेम सम्बन्धका विषयमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको बताएकी छिन् ।

सामाजिक सञ्जाल टिकटकमार्फत विभिन्न सञ्चारमाध्यममा आएका खबरको खण्डन गर्दै उनले भनेकी छन्, ‘मेरो निजी जीवनबारे सार्वजनिक खबर कपोकल्पित र भ्रामक हुन् ।’

पूर्णिका शाह थाइल्यान्डमा बसेर इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययन गरिरहेकी छन् । केही दिनअघि १९ वर्षीया पूर्णिका प्रेममा परेको र यस सम्बन्धमा आमा हिमानीसमेत जानकार रहेको खबर सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस