पार्टी एकतालाई जोगाउन सतर्कतापूर्वक संघर्ष गरिरहेको छु : अध्यक्ष प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, २७ असार २०७७, १८ : १८
पार्टी एकतालाई जोगाउन सतर्कतापूर्वक  संघर्ष गरिरहेको छु  : अध्यक्ष प्रचण्ड

चितवन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू अन्तिम अवस्थासम्म भए पनि संघर्ष गरेर पार्टी एकतालाई बलियो बनाउने प्रतिबद्धता गर्नुभएको छ । उहाँले पार्टी एकतालाई जोगाउन आफूले अन्तिम अवस्थासम्म लडाइँ गरिरहेन बताउनुभयो । 

आज शनिबार भरतपुर महानगरपालिका र माडी नगरपालिकाभित्र बाढी प्रभावित विभिन्न ठाउँको अवलोकन गर्न चितवन आइपुग्नुभएका अध्यक्ष प्रचण्डले माडीमा आयोजित भेटघाट कार्यक्रममा भन्नुभयो, ‘पार्टीमा देखिएको विवादमा हरहालतमा समस्या समाधान गर्छौ नै गर्नुपर्छ नै, नगरी सुखै छैन ।’


‘एकतालाई जोगाउन सतर्कतापूर्वक संघर्ष गरिरहेको छु’ नेकपा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘प्रधानमन्त्रीसँग सल्लाह गरेर चितवन आएको हुँ, पार्टीमा छलफल चलिरहेको छ, म तपाइँहरुलाई यति भन्छु हतार नगर्नुहोला, हतार गरेर फुर्सदमा पछुताउनुपर्छ ।’

उहाँले अबको एक हप्तामा सबै नेताहरु एक ढिक्का भएर अघि बढ्ने बताउँदै पार्टीमा देखिएको समस्या चाँडै हल हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘समाजवादको आधार निर्माण गर्न पार्टी एकता गरेका हौँ, यो एकता ऐतिहासिक अवसर हो, यसलाई कुनै हालतमा कमजोर हुन म दिनेछैन, तपाइँहरु पनि कमजोर हुन नदिनूस् ।’ 

अध्यक्ष प्रचण्डले भोलि समस्या नआहोस् भनेर नै अहिले छलफललाई तीव्रता दिएको बताउँदै भन्नुभयो, ‘मेरो प्रधानमन्त्रीसँग केपी ओलीसँग निरन्तर छलफल भइरहेको छ, दीर्घकालीन रुपमा समस्या खोज्नलाई छलफल गरेका हौँ, हतार गरेर फुर्सदनमा पछुताउने शैली हामीले छोड्यौँ, तपाइँहरुले पनि हतार नगर्नुहोला ।’

उहाँले पार्टीमा कुनै उतारचढाप नआउने बताउँदै भन्नुभयो, ‘ढुक्क हुनूस, म कुनै हालतमा पार्टीमा उतारचढाप आउन दिन्नँ, अन्तिम अवस्थासम्म संघर्ष जारी राख्छु, तपाइँहरु एक ढिक्काको मनस्थिति हुने मनस्थिति बनाउनूस् हतार नगर्नूहोस् ।’

प्रतिक्रिया दिनुहोस