जनकपुर । निरन्तर वर्षातको कारण प्रदेश नम्बर २ को सिमा क्षेत्र कोशी नदीमा पानीको बहाव बढ्दै गएको छ । लागातार वर्षातको कारण कोशी नदीमा पानी बढ्दै गएपछि कोशी नदीको फाटक खोल्ने क्रम पनि जारी नै छ ।
कोशीमा पानीको बहाव बढ्दै गएपछि त्यस क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन समेत स्थानीय प्रशासनले आग्रह गरेको छ । धनकुटास्थित तमोर नदी मुलघाटमा जलस्तर बढेपछि कोशीसंग जोडिएको प्रदेश नम्बर २ को सप्तरी र प्रदेश नम्बर १ को सुनसरीमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको हो ।
सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सप्तरी र सुनसरी सीमा छुट्याउने कोशी नदीमा पानीको बहाव बढ्दै गइरहेको बताए । अपरान्ह तीन बजेपछि कोशीमा पानीको बहाव २ लाख १५ क्युसेक कटिसकेको जानकारी आफूहरूलाई प्राप्त भएको उनले जनाए ।
उनले भने, ‘धनकुटास्थित तमोर नदी मुलघाटमा पानीको बहाव उच्च भइसकेको जानकारी आएको छ, तमोर नदी नै कोशीमा मिल्ने भएकोले यहाँपनि पानीको सतह बढेको हो ।’
कोशीमा पानीको बहाव ३ लाख क्युसेक कटिसकेपछि खतराको संकेतको रुपमा लिने गरिन्छ । पानीको बहाव लगातार बढ्दै गएपछि कोशी ब्यारेजको ५६ वटा ढोकामध्ये ३६ वटा खोलिसकेको उनले बताए ।
पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेज कन्ट्रोल रुमले ३६ वटा ढोका खोलिसकेको प्रमुख जिल्ला अधिकारी आचार्यले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ असार २०७७, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग
श्रीलंकामा भीषण बाढी–पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित
आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च
बाढी पूर्वानुमान: मुख्य नदीहरुमा पानीको सतह बढ्ने, स-साना नदीमा आकस्मिक बाढीको जोखिम