लमजुङ । अविरल वर्षासंगै गएको पहिरोमा परी लमजुङमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । बिहिबार राति बेंसीसहर नगरपालिका–१०घर भई हाल बेंसीसहर नगरपालिका ७, सातबिसेको तल्लो क्षेत्रमा बस्दै आएका अन्दाजी ३० वर्षीय दीपक तामाङ, उनकी पत्नी अन्दाजी २५ वर्षीया बिमाया तामाङ र उनीहरुका छोरा अन्दाजी ८ वर्षीय छेवाङ तामाङको पहिरोमा परी मृत्यु भएको हो ।
उनीहरुलाई उद्धार गरी राति नै लमजुङ जिल्ला सामुदायिक अस्पताल पुऱ्याइए पनि चिकित्सकले मृत घोषणा गरेको थियो । राति करिब ११ बजे ठुलो ढुंगासहितको खसेको पहिरोले घर पुरिएको थियो । जिल्ला प्रहरी कार्यालय लम्जुङका अनुसार पहिरोमा पुरिएको अवस्थामा उनीहरुलाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । दीपककी आमा, बुवा र छोरी भने आफन्तको घरमा गएकाले सकुशल छन् ।
बिहीबार राति साढे ८ बजेदेखि भीषण वर्षा भएको बेंसीसहरको सातबिसे क्षेत्रमा राति १० बजेतिर पहिरो गएको प्रहरीले बताएको छ । दीपकसँगै काम गर्ने बेंसीसहर नगरपालिका–७ का २६ वर्षीय सन्तबहादुर गुरुङ, बेंसीसहर–१० पांग्रेक्युका २३ वर्षीय अनिल गुरुङ, २३ वर्षीय सुमन गुरुङ घाइते भएका छन् । बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असार २०७७, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध
पहिरोले नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो
पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त
आसाम बाढी पहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, १२ सय गाउँ डुबानामा
पहिरोले उदयपुरका ग्रामीण सडक अवरुद्ध
पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध