केही वर्षयता राम्रोसँग सुत्न सकेकी छैन : ज्योति मगर

सफल खबर संवाददाता

विहीबार, २५ असार २०७७, १६ : २८
केही वर्षयता राम्रोसँग सुत्न सकेकी छैन : ज्योति मगर

फाइल फोटो

काठमाडौँ । गायिका ज्योती मगरले आफू केही वर्षयता राम्रोसँग सुत्न नसकेको बताएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा बिहीबार स्टाटस पोष्ट गर्दै आफ्नो समस्या राखेकी हुन् ।

समस्या राख्दा अभिनेत्री शिल्पा पोखरेलको कानको जाली फुटेको कान्ड जस्तै फेसबुकको रैला मात्र हुने डर भएको बताएकी ज्योतीले बाहिर ल्याउँदा ठुलो समस्या आयो भने के गर्ने भन्ने प्रश्न समेत उठाएकी छन् । 

उनले अगाडि लेखेकी छन् – ‘सायद मेरो निद्रासँग अझै धेरै सम्झौता गर्नुपर्छ होला । प्यार प्यारा दिदी बहिनीहरु तपाइहरु पनि म जस्तै निद्रासँग सम्झौता गर्नुभएको छ भने आउनुहोस् । मेरो इनबक्समा दुःख सुखका कुरा गरौं । भन्न नसकेको कुराहरु एक अर्कोसँग साटेर बेस्सरी आँशु झारौं ।’

प्रतिक्रिया दिनुहोस