सभामुख सापकोटा चढेको हेलिकप्टर खराब मौसमका कारण धुलिखेलबाटै फर्कियो

सफल खबर संवाददाता

विहीबार, २५ असार २०७७, १२ : २२
सभामुख सापकोटा चढेको हेलिकप्टर खराब मौसमका कारण धुलिखेलबाटै फर्कियो

फाइल फोटो

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा सहितको टोली खराब मौसमका कारण काभ्रेपलाञ्चोकको धुलिखेलबाटै काठमाडौँ फर्किएको छ । 

सिन्धुपाल्चोक जिल्लामा बाढीले पु¥याएको क्षतिको अवलोकन एवं जानकारी लिन आज बिहान सभामुखसहितको टोली त्यसतर्फ हेलिकप्टरमा जाँदै थियो । 

मौसम प्रतिकुलताका कारण नेपाली सेनाको हेलिकप्टर बाह्रबीसे जान नसकेपछि धुलिखेलको आकाशबाटै फर्किएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

मौसम अनुकूल भएपछि टोली बाढी प्रभावित क्षेत्र प्रस्थान गर्ने छ । सभामुख सापकोटाको हिजो बुधबार मात्रै आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस