माओवादीभित्र गुटबन्दी गर्नेलाई अब कारबाही हुन्छ : प्रवक्ता सापकोटा

सफल खबर संवाददाता

सोमबार, १९ साउन २०८२, १५ : ५६
माओवादीभित्र गुटबन्दी गर्नेलाई अब कारबाही हुन्छ : प्रवक्ता सापकोटा

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीभित्र गुटबन्दी गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । सोमबार सम्पन्न स्थायी समिति बैठकले सबै खाले स्वार्थ समूह, गुट उपगुटको विघटन गर्ने निर्णय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

‘पार्टी रूपान्तरणको महाअभियानमा छ । पार्टीमा सबै स्वार्थ समूह, गुट/उपगुट विघटन गर्ने निर्णय भएको छ । कोही निर्णय विपरीत जान्छ भने कारबाहीको दायरमा ल्याउने भनिएको छ । त्यसका लागि अनुगमन समिति बनाउन निर्णय भएको छ ।  कार्यालयले केन्द्रीय समिति, केन्द्रीय समितिले क्षेत्रीय समिति र क्षेत्रीय समितिले तलका समितिको अनुगमन गर्छ । अब साँच्चै विधि, प्रक्रियामा चल्ने सामूहिक प्रतिबद्धता जनाएका छौँ’, उनले भने ।

 

प्रतिक्रिया दिनुहोस