नेकपा जोगाउन युवाद्वारा पार्टी कार्यालयमा धर्ना

प्रकाश सिग्देल

सोमबार, २२ असार २०७७, १३ : ४१
नेकपा जोगाउन युवाद्वारा पार्टी कार्यालयमा धर्ना

- प्रकाश सिग्देल

चितवन । एकताका लागि दबाव अभियान चितवनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कृष्णपुरस्थित पार्टी कार्यालयमा सोमबार धर्ना दिएको छ । 

हामी एकतावद्ध नेकपा चाहन्छौँ, हामी जनपक्षीय नेकपा चाहन्छौँ, नीति र विधिप्रधान पार्टी निर्माणका लागि, एकताका लागि दबाव कार्यक्रम लेखिएको ब्यानर राखेर युवाहरु प्रदर्शनमा उत्रिएका हुन् । 

युवा नेता मधु न्यौपानेको नेतृत्वमा रहेको युवाहरुको समुहले तत्कालीन नेकपा एमालेले प्रयोग गर्ने गरेको पार्टी कार्यालयमा प्लेकार्डसहित २० मिनेट प्रदर्शन र धर्ना गरी जिल्ला अध्यक्ष यमबहादुर परियारलाई ज्ञापनपत्र बुझाएको हो ।

पछिल्लो समयमा केन्द्रमा देखिएको विवाद सहमति र सहकार्यका आधारमा मिलाएर पार्टीलाई फुटबाट जोगाउन दबावका लागि अभियान गरिएको युवा नेता न्यौपानेले बताए ।  यो नेता त्यो नेताको समर्थनमा भन्दा पनि सिंगो पार्टीलाई जिवन्त राख्नका लागि दबाव दिन आफुहरुले कार्यक्रम गरेको उनले बताए । 

चितवनस्थित नेकपा जिल्ला कार्यालयमा उपस्थित सयौंको संख्यामा रहेको कार्यकर्ताहरुले जिल्ला नेतृत्वमार्फत शिर्ष नेताहरुलाई पार्टी एकताको पक्षमा ज्ञापनपत्र बुझाएका छन्। कार्यक्रमस्थल विधिसंगत पार्टी सन्चालन गर, जनवादी केन्द्रियता लागू गर, एमसिसि खारेज गर, पार्टी निर्णय लागू गर, पार्टी फुटाउन पाईदैन, संसद अधिवेशन चालू गर! नागरिकता विधेययक पारित गर, फुटवादीहरु होसियार जस्ता नाराहरुले गुन्जायमान भएको थियो ।

कार्यक्रमको सन्चालन युवा संघका केन्द्रीय सदस्य सन्तोष पनेरुले गरेका थिए भने जनेरास्ववियू चितवनका नेता रोहित सुवेदीले ज्ञापनपत्र पढेर सुनाएका थिए। राष्ट्रिय युवा संघ चितवन, अनेरास्ववियू चितवन, अनेमसघं चितवन, ट्रेड युनियन लगायतको तर्फवाट सो ज्ञापन पत्र युवा संघ चितवनका अध्यक्ष मधु न्यौपानेले नेकपा चितवनका ईन्चार्ज कृष्ण खनाल एवं नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार'ईन्द्रजित' लाई संयुक्तरूपमा हस्तान्तरण गरेका थिए । कार्यक्रमको अन्तयमा नेकपा चितवका अध्यक्ष तथा ईन्चार्जले पार्टी एकताको पक्षमा चिन्तासहित कार्यक्रमको आयोजना गरेकोमा सहभागी सम्पुर्णलाई धन्यवाद दिदै पार्टी एकताको पक्षमा आएको यो आवाजलाई शिर्ष नेतृत्वसम्म पुर्याऊने प्रतिवध्दता ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस