हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १२८ केजी लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त परिमाणमा गाँजा बरामद गरेको मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रवहादुर रानाले बताए ।
उनका अनुसार शनिबार बिहान ५ बजे हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको ना ६ ख ६७७४ नम्बरको तेल बोक्ने ट्याङ्करमा लुकाईछिपाई लागू औषध गाँजा ओसार पसार गरिँदै छ भन्ने विशेष सूचनाका आधारमा प्रहरीले आवश्यक जाँच प्रक्रिया अघि बढाएको थियो ।
प्रहरीले सो ट्याङ्करका चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–३० बस्ने २७ वर्षीय एनामुलहक देवान र सह–चालक सोही स्थान बस्ने २४ वर्षीय मोहरवान अन्सारीलाई पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २१ असार २०७७, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई क्विन्टलभन्दा बढी गाँजासहित युवक पक्राउ
मोरङबाट ८०२ किलो गाँजा बरामद
गाजाले युद्धविराम प्रस्ताव नमाने गम्भीर परिणाम भोग्न इजरायली चेतावनी
१०७४ किलो गाँजासहित चार जना पक्राउ
करिब १ सय २० किलो गाँजासहित दुई जना पक्राउ
गाजामा इजरायली आक्रमण : कम्तीमा ८१ जनाको मृत्यु, ४०० घाइते