तुलसीपुर । मोटरसाइकलको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका – ५ का वडाध्यक्ष वीरेन्द्र शाह घाइते भएका छन् ।
शाहलाई आज बिहान करीब ९ बजे आफ्नै घर अगाडि रा ५ प ५५३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।
शाहलाई सिटी अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडम्बर पालले जानकारी दिए । शाहकोे खुट्टामा गम्भीर चोट लागेको प्रहरीले बताएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । - रासस


प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २० असार २०७७, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन