तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुङ्गाको अकवरे चोकमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् ।
आठराई क्षेत्रमा मध्यपहाडी लोकमार्गमा काम गरिरहेको केजी कम्पनीको मे १ त ६२१९ नम्बरको ट्र्याक्टर शुक्रबार साँझ दुर्घटना हुँदा ५५ वर्षका ललित भुजेलको घटनास्थलमै र ४० वर्षका श्याम मगरको उपचारका लागि फिदिम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरीचौकी सक्रान्तिका प्रहरी निरीक्षक शेशकराम थानदारले बताए ।
दुर्घटनामा परी घाइते भएका ह्वाकुका देवी अभिषेक डाँगी, इवाका पदम खवास, पदम इङ्नाम, शैलेस मग्रान्ती र युकेश बराइली रहेका छन् । मध्यपहाडी लोकमार्गको ड्रेन बनाउने काम सकेर आठराई गाउँपालिका–६ चुहानडाँडाको बोखिमबाट कामदार दाइ इवाको बरबोटे पु¥याउन जाँदा ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको आठराई गाउँपालिका–५ वडासदस्य दिलकुमार कङदङवाले बताए । घाइतेको उपचार र शव परीक्षणका लागि स्वास्थ्य कार्यालय फिदिम पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २० असार २०७७, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा दुर्घटना बढ्यो, २५ दिनमा १८ जनाको मृत्यु
सवारी दुर्घटनामा गाडी चालकको मृत्यु
ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु
कैलालीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
बैतडी बस दुर्घटना अपडेट : मृतकको संख्या १३ पुग्यो, ३४ घाइते
सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु