कोरोना प्रभाव : लकडाउन अवधिमा पर्यटन क्षेत्रमा ३४ अर्बको नोक्सान

पत्रपत्रिकाबाट

शनिबार, २० असार २०७७, ०८ : ०८
कोरोना प्रभाव : लकडाउन अवधिमा पर्यटन क्षेत्रमा ३४ अर्बको नोक्सान

काठमाडौँ । कोभिड १९ का कारण सरकारले चैत्र ११ देखि गरेको लकडाउनका कारण मध्य असारसम्म पर्यटन क्षेत्रमा ३४ अर्बको नोक्सान भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार, प्रतिमहिना सरदर १० अर्बको कारोबर पर्यटन क्षेत्रले गुमाउँदै आएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव रुद्रसिंह तामाङका अनुसार, पर्यटन तथा हवाई क्षेत्रले साढे ३ महिनामा ३४ अर्ब नोक्सानी ब्यहोरेको हो ।

साउन ७ सम्म मन्त्रालयले थप ७ अर्ब नोक्सानी पुग्ने दाबी गरेको छ । नेपाल पर्यटन बोर्ड तथा नागरिक उड्डयन प्राधिकरणले गठन गरेको अध्ययनले यस्तो देखाएको हो ।

पर्यटन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रमा आबद्ध व्यवसायलाई ५ प्रतिशतमा कर्जा उपलब्ध गराउने कार्यक्रम बजेटमार्फत ल्याइएको जनाएका छन् । उनले पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनु पर्ने रकमका लागि अवधि बढाइएको, लकडाउनमा लाग्ने डिमरेज चार्जमा छुट दिइएको, २० करोड रुपैयाँको पर्यटन पुनर्उत्थान कार्यक्रम ल्याइएको जनाए । त्यस्तै होटलका लागि भ्याट दाखिला गर्ने २ महिनाको समयलाई चार महिना पुर्‍याइएको बताए । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस