काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेताले एकता कायम राख्नुपर्ने भन्दै पार्टी मुख्यालय धुम्बाराहीमा धर्ना दिएका छन् । पार्टीका शीर्ष नेताबीच विवाद चुलिएपछि पार्टी एकतालाई जोगाउनका लागि आज दिउँसो १ः०० बजेदेखि ३ः०० बजेसम्म केन्द्रीय सदस्यले पार्टी मुख्यालयमा धर्ना दिएको हो ।
नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टीमा देखिएका समस्या समाधान गर्न नेतृत्वलाई दबाब दिनका लागि भेला आयोजना गरिएको बताउनुभयो । “पार्टी विचार र कार्यदिशामा फरक नआइकन पार्टी फुट्नु हुँदैन”, उनले भने , “तर अहिले पार्टीभित्र विचार र कार्यदिशामा फरक देखिएको छैन, त्यसैले पार्टीलाई एक ढिक्का बनाउनु पर्दछ भन्ने सन्देश दिन धर्ना गरिएको हो ।”
उनले पार्टी नीति र विधिबाट चलाउन दबाब दिनका लागि पनि भेला भएको बताए । विसं २०७५, जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेकपा बनेको हो ।
पार्टी एकता पूरा नभई एकता प्रक्रिया नै रोकिन थालेपछि पार्टी एकता कायम हुनुपर्ने भन्दै धर्ना दिइएको नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले बताए । अहिले पार्टी विभाजन आवश्यकता नरहेको भन्दै पार्टी एकतामा आफूहरुको जोड रहेको बताए । उहाँले पार्टीभित्रको समस्या पार्टीभित्र नै समाधान गर्नसमेत नेतृत्वलाई आग्रह गरेका छन । । उनको अनुसार शनिबार पुनः २ः०० बजे पार्टी एकता कायम राख्नका लागि धर्ना दिइने छ । धर्नामा डा विजय पौडेल, जगन्नाथ खतिवडा, हिमाल शर्मा, रामकुमारी झाँक्रीलगायत २२ केन्द्रीय सदस्यको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १९ असार २०७७, २१ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
परराष्ट्र मन्त्रीको स्पष्टीकरण नेकपाद्वारा अस्वीकार
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको आपत्ति, संसद्को अभिलेखबाट हटाउन माग
जगदीश खरेलको अभिव्यक्तिमाथि नेकपाको नियमापत्ति