गुल्मी । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण जिल्लामा दुई जनाको मृत्यु भएको छ भने अन्य एक जना बेपत्ता बनेका छन् । बिहीबार मध्यराति आएको पहिरोमा परी इस्मा गाउँपालिका १ मल्दीका वसन्त सारुका १८ महिने छोरा सुरजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए ।
पहिरोमा परी इस्मा– १ अन्तर्गत निस्ती ढाँडफाँटकी ७ वर्षीया अपिच्छा खत्रीको पनि मृत्यु भएको स्थानीय व्यवसायी ऋषिराम अर्यालले बताए । घाईते बालिकाकी आमा ईश्वरीलाई स्थानीयवासीले आज बिहान ६ घण्टापछि जीवितै उद्धार गरेका थिए । ढाँडफाँटमा गए राति बस्ती माथिबाट पहिरो खसेको थियो । आमासँगै भाग्ने क्रममा बेपत्ता बनेकी बालिकाको शव आज बिहान खोला किनारमा फेला परेको थियो ।
पहिरोसँगै निस्ती खोलामा आएको बाढीले अस्थायी होटलसमेत बगाएको छ । होटलमा बास बसेका मुसिकोट नगरपालिका –२ का भागीरथ घिमिरे सम्पर्कविहीन रहेको स्थानीय रामबहादुर केसीले बताए। पहिरामा परी बालिकाका हजुरबुवा ६३ वर्षीय टीकाबहादु र मृतक बालकका आमाबुवासमेत गम्भीर घाइते भएका छन् । गए राति १२ बजे बस्तीदेखि पाँच सय मिटर माथिबाट पहिरो खसेपछि त्यस क्षेत्रका एक दर्जनभन्दा बढी घरपरिवार विस्थापित बनेको बताइएको छ ।
पानी परिरहेका कारण अहिले पनि पहिरो खस्नेक्रम जारी छ । पहिराले सडक अवरुद्ध बनेका कारण घाइतेको उद्धारमा समस्या परेको स्थानीयवासीले बताएका छन् । घटनाको जानकारी पाएपछि आज बिहानै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली अत्यावश्यक सामग्रीसहित घटनास्थलतर्फ जाँदै गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १९ असार २०७७, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरो खसेपछि बेँसीसहर–चामे सडक अवरुद्ध
कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक अवरुद्ध
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
अफगानिस्तानमा पहिरो जाँदा २५ जनाको मृत्यु
फिलिपिन्समा पहिरोः ५ जनाको मृत्यु, ४५ को सकुशल उद्धार
घ्याप्चे पहिरोको जोखिममा बस्ती