एजेन्सी । कारभित्र यौन क्रियाकलाप गरेको आरोपमा संयुक्त राष्ट्रसङ्घले इजरायलस्थित कार्यालयका दुई कर्मचारीलाई निलम्बन गरेको छ । तेल अभिभस्थित समुद्री तटनजिक एउटा मुख्य सडकमा राष्ट्रसङ्घको चिह्न अंकित गाडीभित्र ती दुई जनाको योैन क्रियाकलापको भिडियो सार्वजनिक भएको थियो ।
भिडियोमा कारको पछिल्लो सिटमा रहेकी महिला एिक जनासँग यौन क्रियाकलपा गर्दै गरेको भिडियोमा देखिन्छ । भने अगाडीको सिटम चालक कार चलाईरहेका छन् । अठार सेकन्ड लामो भिडिओ गत महिना सामाजिक सञ्जालमा व्यापक रूपमा प्रसारित भएपछि राष्ट्रसंघले त्यसबारे अनुसन्धान सुरु गरेको छ।
राष्ट्रसंघीय महासचिवका प्रवक्ता स्टेफन ड्यूजरिकले उक्त भिडिओ फुटेजबाट आफू स्तब्ध भएको बताएका छन् । राष्ट्रसंघका अनुसार भिडिओमा देखिएका व्यक्तिहरू इजरायलस्थित राष्ट्रसंघीय शान्ति सेनाको मिशन यूएनटीएसओमा कार्यरत भएको टुङ्गो लागेको छ।
उनीहरु सैन्य पर्यवेक्षणका लागि खटिएका अन्तर्राष्ट्रिय कर्मचारी हुन्। घटनाको अनुसन्धान सम्पन्न नहुँदासम्मका लागि उनीहरू बेतलबी बिदामा बस्नेगरी निलम्बनमा परेको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असार २०७७, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
यमनका हुथी विद्रोहीद्वारा नियन्त्रणमा लिइएका सहायता कर्मचारीलाई रिहा गरिएको राष्ट्रसंघको घोषणा
लिबियामा बारुदी सुरुङ हटाउने कार्यमा थप अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता : राष्ट्रसंघ