काठमाडौं । गण्डकी प्रदेशमा शुक्रबार थप ३२ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । भरतपुर अस्पताल चितवन र प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ३२ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
नयाँ संक्रमित हुनेहरुमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १९ जना, तनहुँका ९, पर्वतका ३ र बागलुङका १ जना रहेका गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद बिन्दु शर्माले जानकारी दिए । संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी गरिएको उनले बताए । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ६३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असार २०७७, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै
थप ६ जनामा कोरोना संक्रमण
थप २१ जनामा कोरोना संक्रमण पुष्टि
थप १७ जनामा कोरोना संक्रमण
थप ५१ जनामा कोरोना संक्रमण पुष्टि
थप ५७ जनामा कोरोना संक्रमण पुष्टि