स्पेनी ला लिगा फुटबलमा रियल म्याड्रिड उपाधी तर्फ उन्मुख

सफल खबर संवाददाता

शुक्रबार, १९ असार २०७७, ०८ : ४५
स्पेनी ला लिगा फुटबलमा रियल म्याड्रिड उपाधी तर्फ उन्मुख

म्याड्रिड । स्पेनी ला लिगा फुटबलमा रियल म्याड्रिडले गेटाफेलाई पराजित गर्दै उपाधी तर्फ उन्मुख भएका छन् । गएको राति भएको खेलमा म्याड्रिडका रियल कप्तान सर्जियो रामोसले खेलको अन्त्यतिर पेनाल्टीमा गोल गोल गर्दै १–० को जित दिलाएका छन् ।

 यो जितपछि रियलले उपाधि होडमा रहेको बार्सिलोनामाथि चार अंकको स्पष्ट अग्रता लिएको छ । खेलको ७९औं मिनेटमा रामोसले पेनाल्टीलाई गोलमा परिणत गरे । गटोफेले पूरा खेल अवधिमा राम्रा अवसर सिर्जना गरे पनि हार टार्न सकेन । बार्सिलोनाले आफ्नो पछिल्लो खेलमा एटलेटिको म्याड्रिडसँग बराबरी खेलेको थियो । रियल अहिलेको जितपछि त्यसको भरपूर फाइदा लिन पनि सफल रह्यो ।

सन् २०१७ यता लिग जित्न नसकेको रियल यसपल्ट पाँच चरणको खेल बाँकी छँदा जिततर्फ अग्रसर भएको छ । जिनेदिन जिदानको रियल ७४ अंकसहित शीर्ष स्थानमा छ । बिहीबारकै अन्य खेलमा ओसासुनाले आइबरलाई २–० र रियल सोसिडाडले एस्पान्योललाई २–१ ले पराजित गर्‍यो । स्पेनी ला लिगामा रियलले लगातार छैटौं जित निकालेको हो ।

प्रतिक्रिया दिनुहोस