काठमाडौं । नेकपा स्थायी समिति बैठकमा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकै बेला उनले राजनीतिक परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बोलाएका छन् ।
ओलीले बुधबार बिहान प्रधानमन्त्री ओली राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका हुन् । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री ओलीले आफूहरुलाई ८ बजे बालुवाटार बोलाएको बताए ।
मंगलबारको बैठकमा प्रचण्डसहितका एक दर्जन बढी नेताहरुले ओलीले प्रम र अध्यक्ष पद दुबै छाड्नुपर्ने बताएका थिए । सो क्रममा ओली र प्रचण्डबीच चर्काचर्की समेत भएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ असार २०७७, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी