काठमाडौं । भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएपछि चीनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले भने , “चिनियाँ एपमाथि भारतद्वारा गरिएको प्रतिबन्धप्रति चीन गम्भीर चासो व्यक्त गर्दछ । हामीले यो कुरामा जोड दिन चाहन्छौँ कि चीन सधैँ आफ्ना व्यवसायीलाई अन्तर्राष्ट्रिय तथा स्थानीय कानूनको पालना गर्न आग्रह गर्दै आएको छ र भारतले पनि चिनियाँ लगायत अन्तर्राष्ट्रिय लगानीकर्ताको कानूनी अधिकारको संरक्षण गर्ने जिम्मेवारी रहन्छ ।”
उनले चिनियाँ कम्पनीलाई स्थानीय र अन्तर्राष्ट्रिय कानुनअनुसार चल्न निर्देशन दिँदै आएको बताउँदै भारतले गैर–जिम्मेवारपूर्ण काम गरेको सङ्केत गरे ।
विश्वका उदीयमान अर्थतन्त्रका रूपमा हेरिने चीन र भारतबीच सिमावर्ती क्षेत्रमा केही हप्ता पहिले तनाव देखिएको थियो । यद्यपि त्यस क्षेत्रमा अहिले तनाव नियन्त्रणमा आएको दुबै देशका अधिकारीहरूले बताउँदै आएका छन् ।
चीनले भारतीय सेना अनधिकृतरुपमा आफ्नो भूमीमा प्रवेश गरेकाले कारबाही गर्नुपरेको बताउँदै आएको छ । त्यस्तै भारतीय पक्षले चीनको दावीलाई खण्डन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १६ असार २०७७, २१ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वसामु नेपालको प्रवर्द्धन गर्ने लक्ष्यसहित पर्यटन बोर्ड र टिकटकबीच साझेदारीको घोषणा
टिकटक लाइभमा गालीगलौज गर्ने युवती पक्राउ
टिकटक अकाउन्टको निहुँमा पाकिस्तानी बुबाले छोरीको हत्या गरे : प्रहरी
कलाकारका लागि टिकटकको नयाँ प्लेटफर्म
अमेरिकामा टिकटकको म्याद ७५ दिन थप, प्रतिबन्धबाट बच्न बेच्न आवश्यक
ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक पुनः सञ्चालनमा