साउन ७ गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

सफल खबर संवाददाता

सोमबार, १५ असार २०७७, २१ : १७
साउन ७ गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले हाल जारी खुकुलो लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ७ गतेसम्म लकडाउनलाई अहिलेकै अवस्थामा कायम राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

त्यस्तै अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन ७ गतेसम्म बन्द राख्ने निर्णय गरिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस