प्रमोद खरेल र प्रविशा अधिकारीको 'तिम्रो मेरो साथ' सार्वजनिक (भिडियोसहित)

सफल खबर संवाददाता

आइतबार, १४ असार २०७७, १५ : ३२
प्रमोद खरेल र प्रविशा अधिकारीको 'तिम्रो मेरो साथ' सार्वजनिक (भिडियोसहित)

काठमाडौं । चर्चित गायक प्रमोद खरेल र गायिका प्रविशा अधिकारीको युगल स्वरमा रहेको गीत 'तिम्रो मेरो साथ' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  

रोमाण्टिक भर्सनको यो गीत साँचो माया प्रेममा डुबिरहेका प्रेमिल जोडीको कथा बस्तुमा आधारित छ । प्रेमीहरु एक अर्का को साथ् बिना कति अधुरो छ भन्नेकुरा गितले बोलेको छ । 

चोखो माया गर्ने जोडीका लागि बनेको यस गीतमा स्वर प्रमोद खरेल र गायिका प्रविशा अधिकारीको रहेको छ भने शब्द र संगित किरणबाबु पुनको रहेको छ ।

म्युजिक भिडियोमा एलिशा पुन मगर र राजकुमार मगर फिचर्ड छन् । विभिन्न सुन्दर ठाऊमा छायांकन गरिएको भिडियोमा एलिसा  र राजकुमारको रोमान्स देख्न सकिन्छ । 

अमर सुनारले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् । यसै म्युजिक भिडियोमार्फत अभिनयमा डेब्यु गरेका राजकुमार मगरको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो ।  

प्राण पुन मगरको लगानीमा निर्माण भएको भिडियोलाई प्राण डिजिटल मार्फत सार्वजनिक गरिएको छ । म्युजिक भिडियोलाई दर्शक, स्रोता र मिडिया हाउसबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस