पाल्पा । अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र नजीकै पहिरो खस्दा आज सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको पाल्पा–बुटबल सडकखण्डको तिनाउ गाउँपालिका– ३ सिद्धबाबा नजीकै पहिरो खस्दा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताउनुभयो ।
अविरल वर्षा भइरहेकाले पहिरो हटाउन नसकिएकोे जनाइएको छ । यसैबीच तानसेन –रामपुर सडकखण्डको चापगैरामा पनि सडक अवरुद्ध भएको छ । पूर्वखोला गाउँपालिका– १ चापगैरामा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।
वर्षा भइरहेको र ढुङ्गा झरिरहेकाले पहिरो हटाउन नसकिएको प्रनाउ गिरीले बताउनुभयो । पहिराबारे यात्रु तथा चालकलाई जानकारी नहुँदा उनीहरु बीच बाटामा नै अलपत्र परेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १४ असार २०७७, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा