चितवन । पूर्वी चितवनको खैरहनीमा ट्र्याक्टरको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–४ का ५७ वर्षीय रिठ्ठे परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार परियारको आफ्नै बारीमा धान रोपाइँका लागि जोत्ने क्रममा ना७त ४४८८ नंको ट्र्याक्टरले पछाडिबाट ठक्कर दिएको थियो ।
ठक्करबाट परियारको घटनास्थलमा नै मृत्यु भएको हो । परियारलाई ठक्कर दिने ट्र्याक्टरका चालक इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा रहेको र शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १३ असार २०७७, १७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते