चितवन । पूर्वी चितवनको खैरहनीमा ट्र्याक्टरको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–४ का ५७ वर्षीय रिठ्ठे परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार परियारको आफ्नै बारीमा धान रोपाइँका लागि जोत्ने क्रममा ना७त ४४८८ नंको ट्र्याक्टरले पछाडिबाट ठक्कर दिएको थियो ।
ठक्करबाट परियारको घटनास्थलमा नै मृत्यु भएको हो । परियारलाई ठक्कर दिने ट्र्याक्टरका चालक इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा रहेको र शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । (रासस)


प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १३ असार २०७७, १७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन