काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारले शुरु गर्न लागेको विशेष रोजगार कार्यक्रम ‘आत्मनिर्भर उत्तर प्रदेश रोजगार अभियान’ आयोजनाको शुक्रबार उद्घाटन गर्नुहुने भएको छ ।
भारतको उत्तर प्रदेश सरकारले सो आयोजना कोभिड १९ पछिको अवस्थामा यहाँका लाखौँ बेरोजगार व्यक्तिलाई लक्ष्य गरेर उनीहरुलाई रोजगारी दिने योजनाअनुरुप शुरु गर्न लागेको हो । ‘आत्मनिर्भर उत्तर प्रदेश रोजगार अभियान नाम दिइएको यस विशेष रोजगार आयोजना खासगरी कोभिड १९ का कारण उत्तर प्रदेश राज्यमा हालै घर फर्किएर आएका करिब ३० लाख युवालाई लक्ष्य गरिएको छ ।
उनीहरुलाई रोजगारी दिनेगरी यो अभियान शुरु गर्न लागिएको बताइएको छ । शुक्रबार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थितिमा प्रधानमन्त्री मोदीले भर्चुअल माध्यमबाटै उद्घाटन गर्न लाग्नुभएको जनाइएको छ ।
तर उत्तर प्रदेशमा यति धेरै मानिसलाई रोजगारी दिने भनेर भारत सरकारले शुरु गर्न लागेको भनिएको यस आयोजनाको प्रचारको भने भारतका विभिन्न विपक्षी राजनीतिक दलहरुले विश्वास गरेका छैनन् ।
यसअघि पनि भारतको सरकारले यही जुन २० यस्तै लाखौँ व्यक्तिलाई रोजगारी दिने भन्दै यस्तै विशेष रोजगार कार्यक्रमको शुरुवात गरेको थियो ।
भारतको सरकारले यसैगरी भारतका विभिन्न राज्यहरुमा कोभिड १९ का कारण विदेश तथा स्वदेशका विभिन्न आयोजनाबाट घर फर्किएर आएका बेरोजगार नागरिकका लागि यस्तै विशेष रोजगार तथा आत्मनिर्भर कार्यक्रमहरु सञ्चालनमा ल्याएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १२ असार २०७७, १९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोदीको जन्मदिन पारेर ओली–मोदी विशेष भेट, दिल्लीको हैदरावाद हाउसबाहिर भेट गर्ने तयारी
पाँच देशको भ्रमण गर्दै मोदी
विमान खसेको स्थान अहमदाबाद पुगे मोदी, अस्पतालमा घाइतेहरूलाई भेट्दै
मोदीको युरोप भ्रमण रद्द
प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद
काश्मीर घटनापछि साउदी अरेबियाको भ्रमण छोट्याएर फर्किए मोदी