सुनसरी । धरान उपमहानगरपालिका-१५ स्थितबाट अटोमेटिक पेस्तोल १ थान, म्याग्जिन १ थान, सोही म्याग्जिनमा लोड भएको गोली ३ राउण्ड, मोबाइल २ थान र सिम कार्ड ६ थान सहित धनकुटा शहिदभूमी गाउँपालिका-६ घर भएका २७ वर्षीय रोशन राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरान उपमहानगरपालिका-१५ स्थित घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा निजले प्रयोग गरेको मोटरसाइकल सोही नगरपालिकास्थित रामहंस मार्गमा पार्किङ गरी राखेको खुल्न आएपछि उक्त मोटरसाइकल जाँच गर्दा सिटमुनी लुकाईछिपाई राखेको अवस्थामा उक्त हातहतियार प्रहरीलेफेला पारेको हो ।
राई उपर जिल्ला अदालतसुनसरीबाट हातहतियार खरखजाना मुद्धामा ६ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ असार २०७७, १८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ
नवलपरासीमा माओवादी उम्मेदवारमाथि कुटपिट गर्ने रास्वपा कार्यकर्ता पक्राउ
ठगी गरेको अभियोगमा तीन जना पक्राउ
दुर्गा प्रसाईँ पक्राउबारे आम जनता पार्टीको आपत्ति
दुर्गा प्रसाईँ पक्राउबारे आम जनता पार्टीको आपत्ति
नौ सय ५५ केजी गाँजासहित दुई जना पक्राउ