काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद मृगेन्द्र कुमार सिंह यादवले आज राष्ट्रियसभा बैठकमा बोल्दै नागरिकता विधेयकले बुहारीमाथि प्रहार भएको बताएका छन् ।
यसअघिको नागरिकता ऐनमा के बिग्रिएको थियो ? भन्दै उनले प्रश्न गरे, ‘हामीले बिहे गरेर ल्याउँदा के बिग्रिएको थियो ? कोशी, गण्डकी, महाकाली के हामीले बिहे गरेर ल्याएका बुहारीले बेचेका हुन्, तिनीहरुले नै राष्ट्रघाती सम्झौता गरेका हुन् ?’
उनले बुहारीलाई दिने अंगिकृत नागरिकताका विषयमा गरेको प्राबधानले आफूहरुको भावनामाथि चोट पुर्याएको बताउँदै सरकारले दुई तिहाईको दम्भ देखाएर संविधानको मर्मविपरीतको काम गरेको आरोप लगाए ।
नागरिकता संशोधन विधेयकमा भेदभाव गरिएको आरोप लगाउँदै उनले भने, ‘विभिन्न संस्कृति जस्तै मधेस संस्कृतिमा बिहे गरेर सिन्दुर दान भएपछि र सात फेरो लगाएपछि हामीले उनलाई अर्धाङ्गीनी मान्छौँ, अर्धाङ्गीनी अर्थात् आधा अंगमाथि प्रहार भएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ असार २०७७, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा बैठकको समय परिवर्तन