काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकको विरुद्ध आन्दोलनको घोषणा गरेको छ ।
सो विधेयकप्रति आपत्ति प्रकट गर्दै जसपा नेपालले असार १६ गतेका लागि विरोधका कार्यक्रम घोषणा गरेको छ ।
जसपा नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आज जारी गरेको विज्ञप्तिमा सो संशोधन प्रस्ताव पारित भए महिला हिंसालाई प्रोत्साहन गर्ने दावी गरिएको छ ।
ठाकुर र यादवले विधेयकले महिला र पुरुषबीच लैंगिक विभेद गर्नुका साथै अर्कातिर युगौदेखि नेपाल–भारत र अन्य मुलुकका जनताबीच रहेको पारिवारिक, समाजिक, साँस्कृति, धार्मिक आदि सम्बन्धलाई अवरुद्ध गरेको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असार २०७७, १८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता जारी
१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता
चितवनमा नागरिकता त्याग्नेभन्दा गैर आवासीय नागरिकता लिने बढी
आमाको थरबाट नागरिकता लिन पाइने व्यवस्था गरिँदै
८१ वर्षीया कालमायाले बल्ल पाइन् नागरिकता
८१ वर्षको उमेरमा नागरिकता